इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासलमाथि सानदार जित निकाल्यो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले न्युक्यासलमाथि ४-१ गोलअन्तरको सहज जित निकालेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा युनाइटेडबाट १२ वर्षपछि खेलेका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मानक्विइलोले…