समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो । खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । खेलमा कोष्टारिकासँग दबाबमा खेलिरहेको स्पेनको बल पोजिसन ८५ प्रतिशत रहेको छ ।