डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । पीएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्याे । स्पेनिस डिफेन्डर यसै सिजन रियल मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । जितपछि पीएसजीले