नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले अर्को गोल गरेको छ । नेपालका खेलाडी नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा पहिलो गोल भने अञ्जन विष्टले गरेका थिए ।  मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाईअञ्जनले गोल गरेका हुन् ।