जोखिम मोल्दै नदी तरेर विद्यालय

कालीमाटी गाउँपालिका–७ स्थित स्वामीबास, कुसुमतरा, बाटुले, हाउखोला र र्‍याङका बालबालिका जोखिम मोल्दै नदी तरेर विद्यालय जान बाध्य छन् । ५ वटै गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीहरूलाई जोखिम मोलेर घुइयाबारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जानुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

मेलम्ची बस्ती जोगाउन तटबन्ध

सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।

बबईमा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै विद्यार्थी

सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरस्थित बबई नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको...

बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

मेलम्ची खानेपानीमा काम गर्न नदिने बाढीपीडितको चेतावनी

सिन्धुपाल्चोक । आफ्ना माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम हुन नदिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले बताएको छ । आयोजनाको कार्यकारी निर्देशक वासुदेव पौडेललाई मंगलवार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडित समुदायको साझा माग कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गराउने चेतावनी दिएको हो । माघ २० गतेबाट आयोजनाको काम पूर्णरूपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्णरूपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एशियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं,’ थापाले भने । बाढीपीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाइ गरी आयोजनाको काम बन्द गरिने उनको भनाइ छ । बाढीपहिरो गएको ९ महीना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैरजिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गराउनुपर्ने अवस्था आएको थापाले बताए । समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरू हुनुपूर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढीपीडितबाट उठाइएका लेबीलगायत दीर्घकालीन विकासका लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल वैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतीयोग्य जमीन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नति गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनीकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ । समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्बाथान र आयोजनाका अन्य भौतिक संरचना पुनर्निर्माण शुरू भएकाले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रूपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बन्द मात्रै समस्याको समाधान होइन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’ मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याउनुको मूल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डन्डी, केमिकललगायत निर्माण सामग्री, हेभी इक्युप्मेन्ट, आयोजना स्थलमा थुपारिएका कच्चा सामग्री एवम् अव्यवस्थित रूपमा डम्प गरिएको मकिङजस्ता वस्तुका कारण भएको समितिले निक्र्यौल निकालेको छ । आयोजनाले बाढी प्रभावितहरूको जिउधनको सुरक्षा, विस्थापितहरूको व्यवस्थित पुनःस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमीनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिँचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायत सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नुपर्नेमा सरोकार समितिले जोड दिएको छ । असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्‍याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पथान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाइड्रोले पुनर्निर्माणको कामसमेत शुरू गरिसकेको छ ।

बाढीपहिरो पीडितको माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरिने

माघ १८, सिन्धुपाल्चोक । आफ्ना मागहरु पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले जानकारी दिएको छ । आयोजनाको कार्यकारी निर्देशक बासुदेव पौडेललाई मंगलवार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडीत समुदायको साझा मागहरु कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने बताएको हो । माघ २० गतेबाट आयोजनाको काम पूर्ण रुपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्ण रुपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एशियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं’, थापाले भने । बाढी पीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाई गरी आयोजनाको काम बन्द गरिने उनको भनाइ छ । बाढी पहिरो गएको ९ महीना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैर जिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गर्नुपर्ने अवस्था आएको थापाले बताए । समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरु हुनु पुर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढी पीडीतबाट उठाइएका लेवीलगायतका दीर्घकालीन विकासको लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल बैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यस्तै, मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतियोग्य जमिन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नति गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनीकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ । समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्वाथान र आयोजनाका अन्य भौतिक संरचना पुनर्निर्माण शुरु भएकोले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रुपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने ‘बन्द मात्रै समस्याको समाधान होईन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’ पौडेलले आयोजनाको काम बन्द नगर्न आग्रह गरेपनि आयोजनाले स्थानीयको मागलाई कहिल्यै पनि ध्यान नदिएको कारण माग पूरा हुने सुनिश्चितता नभएसम्म आयोजनाको काम बन्द गर्ने सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । ‘अघिल्लो वर्षायाममा आएको बाढीको चोट र पीडाको खाटो बस्न नपाउँदै अर्को वर्षायाम आउनै लागेको छ,’ उनले भने ‘आयोजनाको बेवास्ता र गैरजिम्मेवारीपनले आगामी दिनहरुमा यस क्षेत्रको स्थानीयले थप विपत्तिसहितको अनेकन समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जित छ ।’  मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याउनुको मुल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डण्डी, केमिकललगायतका निर्माण सामग्री, हेभी इक्युमेन्ट, आयोजना स्थलमा थुप्राइएका कच्चा सामग्री एवम् अव्यवस्थित रुपमा डम्प गरिएको मकिङजस्ता वस्तुको कारण भएको समितिले निक्र्यौल निकालेको छ । आयोजनाले बाढी प्रभावितहरुको जीउधनको सुरक्षा, विस्थापितहरुको व्यवस्थित पुर्नस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमिनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिँचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायतका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नु पर्नेमा सरोकार समितिले जोड दिएको छ । असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिरोले गम्भीर क्षति पु¥याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाईड्रोले पुनर्निर्माणको काम समेत शुरु गरिसकेको छ ।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस

मस्र्याङदी आफ्नै धारमा बगेपछि मनाङमा जोखिम घट्यो

मस्र्याङदी नदी आफ्नै धारमा बग्न थालेपछि हिमाली जिल्ला मनाङमा जोखिम घटेको छ । मस्र्याङदी नदी उर्लिएर वस्ती तथा विद्यालयलाई जोखिममा पारेको नदी आफ्नै धारमा फर्किएपछि जोखिम कम भएको स्थानीयले बताएका छन् । बाढीले दैनिक जसो वस्ती र विद्यालयमा क्षति पु¥याउँदै आएपछि स्थानीय त्रसित भएका थिए । निरन्तर पानी परिरहँदा नदीको बहाव बढ्ने भएकाले स्थानीयलाई रातभर सुत्न सकस हुन्थ्यो । अहिले मस्र्याङदी साविककै आफन्ै गतिमा बग्न थालेको चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले गुरुङले बताउनुभयो । उहाँका अनुसार नदीमा आएको बाढीका कारण वडा नं. ४ मा रहेको विद्यालय र ५ का वस्ती जोखिममा परेको थियो ।

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिवर्तन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँको विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेबल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए । ‘नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँको लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैंक, प्रभु बैंक, रोयल गार्डेनसहित तीनओटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्,’ उनले भने, ‘तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन् ।’ नदीमा आएको बाढीले मोटरेबल पुल डुबाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।      मोटरेबल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय क्षेत्र हुँदै बग्ने क्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् । नदीमा पानीको बहाव नघट्दा मोटरेबल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ,’ उनले भने, ‘पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।’ पुलको उचाइ कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

फेरि थुनियो मर्स्याङ्दी नदी

चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए ।थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।  गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झर

नदी कटानले विद्यालय भवन उच्च जोखिममा

त्रियुगा नगरपालिका–६ स्थित चुरेपारीको लालपत्ता क्षेत्रका एक दर्जन बस्तीका बालबालिकाले शिशुदेखि कक्षा १२ सम्म पठनपाठन गर्ने पञ्चकन्या माध्यमिक विद्यालय अहिले नदी कटानका कारण उच्च जोखिम परेको छ।