मस्र्याङदी आफ्नै धारमा बगेपछि मनाङमा जोखिम घट्यो

मस्र्याङदी नदी आफ्नै धारमा बग्न थालेपछि हिमाली जिल्ला मनाङमा जोखिम घटेको छ । मस्र्याङदी नदी उर्लिएर वस्ती तथा विद्यालयलाई जोखिममा पारेको नदी आफ्नै धारमा फर्किएपछि जोखिम कम भएको स्थानीयले बताएका छन् । बाढीले दैनिक जसो वस्ती र विद्यालयमा क्षति पु¥याउँदै आएपछि स्थानीय त्रसित भएका थिए । निरन्तर पानी परिरहँदा नदीको बहाव बढ्ने भएकाले स्थानीयलाई रातभर सुत्न सकस हुन्थ्यो । अहिले मस्र्याङदी साविककै आफन्ै गतिमा बग्न थालेको चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले गुरुङले बताउनुभयो । उहाँका अनुसार नदीमा आएको बाढीका कारण वडा नं. ४ मा रहेको विद्यालय र ५ का वस्ती जोखिममा परेको थियो ।