नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिवर्तन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँको विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेबल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए । ‘नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँको लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैंक, प्रभु बैंक, रोयल गार्डेनसहित तीनओटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्,’ उनले भने, ‘तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन् ।’ नदीमा आएको बाढीले मोटरेबल पुल डुबाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।      मोटरेबल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय क्षेत्र हुँदै बग्ने क्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् । नदीमा पानीको बहाव नघट्दा मोटरेबल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ,’ उनले भने, ‘पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।’ पुलको उचाइ कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ । 

सम्बन्धित सामग्री

अविरल वर्षाले चामे–झोलुङ्गे पुल उच्च जोखिममा

–नवीन लामिछानेलगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो  पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए ।उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझ

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा – देशसञ्चार

मनाङ – मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन्। चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले

पहिरोले मर्स्याङ्दी नदी थुनियो,सशस्त्र प्रहरीद्धारा काठहरु पन्छाउदै (तस्वीरसहित)

न्युज अफ नेपाल, काठमाडौ । लगातारको वर्षा पछिको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको सशस्त्रका डीएसपी होमनाथ पन्थी बताएका छन् । निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको पन्थीले बताए । पानीको […]

मर्स्यांदी नदीमा पानीको बहाव घटेन, नदी क्षेत्र उच्च जोखिममा

मर्स्यांदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढेको छ । हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा मस्र्याङदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । एकसातादेखि पानीको सतह माथिसम्म आएको र यसले झन् जोखिम बढाएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार जेठ ३१ गते सोमबार साँझदेखि परेको भीषण बर्षाका कारण नदीमा बाढी आएपछि नदीको बहाव बढ्दो अवस्थामा छ । शनिबार हुम्डेमा आधा घण्टा थुनिएपछि पानीको सतह झन् बढेको उहाँले बताउनुभयो । ‘पानी परिहेको छ । बाढी पसेदेखि पानीको सतह