बाढीपहिरो पीडितको माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरिने

माघ १८, सिन्धुपाल्चोक । आफ्ना मागहरु पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले जानकारी दिएको छ । आयोजनाको कार्यकारी निर्देशक बासुदेव पौडेललाई मंगलवार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडीत समुदायको साझा मागहरु कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने बताएको हो । माघ २० गतेबाट आयोजनाको काम पूर्ण रुपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्ण रुपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एशियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं’, थापाले भने । बाढी पीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाई गरी आयोजनाको काम बन्द गरिने उनको भनाइ छ । बाढी पहिरो गएको ९ महीना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैर जिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गर्नुपर्ने अवस्था आएको थापाले बताए । समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरु हुनु पुर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढी पीडीतबाट उठाइएका लेवीलगायतका दीर्घकालीन विकासको लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल बैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यस्तै, मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतियोग्य जमिन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नति गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनीकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ । समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्वाथान र आयोजनाका अन्य भौतिक संरचना पुनर्निर्माण शुरु भएकोले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रुपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने ‘बन्द मात्रै समस्याको समाधान होईन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’ पौडेलले आयोजनाको काम बन्द नगर्न आग्रह गरेपनि आयोजनाले स्थानीयको मागलाई कहिल्यै पनि ध्यान नदिएको कारण माग पूरा हुने सुनिश्चितता नभएसम्म आयोजनाको काम बन्द गर्ने सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । ‘अघिल्लो वर्षायाममा आएको बाढीको चोट र पीडाको खाटो बस्न नपाउँदै अर्को वर्षायाम आउनै लागेको छ,’ उनले भने ‘आयोजनाको बेवास्ता र गैरजिम्मेवारीपनले आगामी दिनहरुमा यस क्षेत्रको स्थानीयले थप विपत्तिसहितको अनेकन समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जित छ ।’  मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याउनुको मुल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डण्डी, केमिकललगायतका निर्माण सामग्री, हेभी इक्युमेन्ट, आयोजना स्थलमा थुप्राइएका कच्चा सामग्री एवम् अव्यवस्थित रुपमा डम्प गरिएको मकिङजस्ता वस्तुको कारण भएको समितिले निक्र्यौल निकालेको छ । आयोजनाले बाढी प्रभावितहरुको जीउधनको सुरक्षा, विस्थापितहरुको व्यवस्थित पुर्नस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमिनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिँचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायतका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नु पर्नेमा सरोकार समितिले जोड दिएको छ । असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिरोले गम्भीर क्षति पु¥याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाईड्रोले पुनर्निर्माणको काम समेत शुरु गरिसकेको छ ।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाले थाल्यो २४ घन्टे अन्तिम परीक्षण

क्लोरिनको मात्रा धेरै हुने भएकाले परीक्षण अवधिमा पानी प्रयोग नगर्न आग्रह   मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जडान गरेका खानेपानी पाइपलाइनको अन्तिम परीक्षण सुरु गरेको छ । हाल काठमाडौं उपत्यका खानेपानी...

सेतो हात्ती बन्यो मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना जति बेला काठमाडौँ उपत्यकाका लागि भरपर्दो खानेपानीको स्रोतको रूपमा पहिचान गरियो त्यो बेला काठमाडौँ उपत्यकाका लागि त्यो बेला थुप्रै वैकल्पिक स्रोतहरू थिए । जस्तो शिवपुरी जलाधार क्षेत्रलाई नै अलि राम्रो बनाउन सकिन्थ्यो । फुल्चोकी जलाधार क्षेत्र, चन्द्रागिरि जलाधार क्षेत्र, नागार्जुन जलाधार क्षेत्र लगायतका उपत्यका वरिपरि नै पानीका स्रोतहरू थिए । यी स्रोतहरूलाई अधिकतम सदुपयोग गर्दा, संरक्षण गर्दा धेरै हदसम्म त्यसले काठमाडौँको माग पूरा गर्न सकिन्थ्यो । दीर्घकालीन रूपमा काठ

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

७ मंसिर, काठमाडौं । १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थमन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजना बमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो । आयोजनाका एक अधिकारीका अनुसार आगामी यही हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको […]

मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ । कात्तिक महिनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आर्थिक अभियानमा खबर छ ।

मेलम्ची खानेपानी आयोजना अनिश्चित भएपछि विकल्प खोजिँदै

बाढीसँगै मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेपछि काठमाडौं उपत्यकामा खानेपानीको फेरि उस्तै हाहाकार भएको छ । उपत्यकाका अधिकांश स्थानका धारामा ९ दिन बिराएर खानेपानी आउन थालेपछि हाहाकार देखिएको हो ।वर्षामा समेत काठमाडौंमा खानेपानी हाहाकार हुन थालेपछि र बनिसकेको मेलम्चीको अनिश्चित भएपछि यसको लागि उपयुक्त विकल्पको खोजीसमेत हुन थालेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले यसको […]

रुग्ण बनेको मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा

२६ साउन, काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो । गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार […]

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

मेलम्ची खानेपानी आयोजना : दुई महिनाभित्र हेडबक्स

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको 'हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा  पुगेको छ । मेलम्चीको  पानी  सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि 'हेडबक्स’को निर्माण गरिँदैछ । अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार  हुनेछ । 'हेडबक्स'  तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका  प्रवक्ता  राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै 'हेडबक्स’ निर्माण सम्