इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।...

सम्बन्धित सामग्री

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।...

इटहरी उपमहानगरका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ। हिजो दिउँसो १२:४५ बजेदेखि इटहरीको वडा नम्बर १ र २० बाट मतगणना शुरु भएको थियो।अहिले इटहरीका यी दुई वडासँगै वडा नम्बर २ र १९ को पनि मतगणना जारी छ। अहिलेसम्मको अपडेटअनुसार इटहरीको वडा नम्बर १ को १ नम्बर वडा कार्यालय, ‘क’ र ‘ख’ केन्द्रको मतगणना सकिएको छ।यस्तै वडा २ को शान्ति आधारभूत माध्यमिक विद्यालय, शान्तिनगर ‘क’, र ‘ख’ केन्द्रको मतगणना सम्पन्न भएको छ। यता वडा नम्बर २

इटहरीमा निष्पक्ष मतगणना नभएको गुनासो

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणनामा दलगत स्वार्थ भएको स्वतन्त्र उमेदवारले आरोप लगाएका छन्।स्वतन्त्र रुपमा इटहरीमा मेयरको उमेदवार रहेका पदम अधिकारीले मतगणना स्थलमा राजनैतिक दललाई प्राथमिकता दिएको र स्वतन्त्रतालाई पक्षपात गरेको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले इटहरीमा निष्पक्ष मतगणना नभएको गुनासो गरेका छन् ।

इटहरी उपमहानरपालिकामा मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणना अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन्।...

इटहरीमा ४ घण्टामा मात्रै ३०० मतगणना

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा ४ घण्टामा ३०० मात्रै मतगणना भएको छ। बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि नै मतगणना शुरु गर्ने निर्णय गरेको थियो।बिहान पानी परेको र उमेदवारका प्रतिनिधि आउन ढिला गरेकाले १२:४५ बजे मात्रै मतगणना शुरु भएको थियो। ३०० मतगणना सकिँदा इटहरीको मेयरमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। यता उपमेयरमा भने एमालेले अग्रता कायम गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार इटहरीको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले १७० मत ल्याएर अग्रता कायम ग

इटहरी उपमहानगरपालिका : गठबन्धन र एमाले एक मतले अघिपछि

इटहरी । इटहरी उपमहानगरपालिकामा सुरुवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो ६० मतगणना गर्दा इटहरीको परिणाम यस प्रकार छ । मेयरएमाले – २७काँग्रेस – २८राप्रपा – २ उपमेयरएमाले – २८एस – २६राप्रपा – ३

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना केही पछि हुने भएको छ। बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भएपनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो।...

इटहरी उपमहानगरपालिकाको मतगणना सुरु

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। विहान ९ बजे बसेको सर्वदलीय बैठकको निर्णयभन्दा केही समय ढिलागरी १२ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए। सुरुमा इटहरीको वडा नम्बर १ र २० को मतगणना हुने भएको छ।

इटहरी उपमहानगरमा अझै सुरु हुन सकेन मतगणना

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।

इटहरी उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्ने तयारी, विराटनगरमा अझै मतगणना सुरु भएन

सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन । यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।