इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।...

सम्बन्धित सामग्री

दोलखामा मतगणना स्थगित

दोलखामा मतगणना स्थगित भएको छ ।  प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

बाजुरामा मतगणना स्थगित

धनगढी- बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मतगणना स्थगित भएको छ। हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना स्थगित भएको हाे। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मतगणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

बाजुरामा फेरि लफडा, मतगणना स्थगित

बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित भएकाे छ । गणनाका क्रममा मुचुल्कामा लेखिएकाे भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएकाे हाे ।

सुनसरी ४ मा मतगणना स्थगित

धरान । सुनसरी क्षेत्र नम्बर- ४ को मतगणना स्थगित भएको छ । मतगनणमा ६०० मत गडबड गरिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना स्थगित गर्न आग्र गरेपछि गनणा स्थगित गरिएको छ । मतगणना भैरहेको अवस्थामा रिपोटिङमा त्रुटि भएको भन्दै मन्त्री कार्कीले सर्वदलिय बैठक बस्न आग्रह गरेपछि मत गनणा स्थगित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]

इलामका दुवै क्षेत्रमा मतगणना स्थगित

७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँसो करिब साढे तीन बजेदेखि स्थगित भएको हो । क्षेत्र नम्बर १ मा कर्मचारीले उम्मेदवारका प्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै विरोधसहित मतगणना रोकिएको हो […]

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।  निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले  मेयरमा  लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो ।

गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित

४ जेठ, गोरखा । पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो । १० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको […]

चितवनको भरतपुरमा मतगणना स्थगित, सुरक्षा बढाइयो

३ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो । नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । यसअघि सोमबार साँझ पनि मत गणनाका विषयमा प्रमुख जिल्ला अधिकारी र […]

काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा धाँधली भएको आरोप प्रत्यारोपबीच मतगणना स्थगित भएको हाे। आज (सोमबार) बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको छ । उनीहरुबीच केही समयसम्म चर्काचर्की समेत भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी […]

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा