इटहरीमा ४ घण्टामा मात्रै ३०० मतगणना

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा ४ घण्टामा ३०० मात्रै मतगणना भएको छ। बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि नै मतगणना शुरु गर्ने निर्णय गरेको थियो।बिहान पानी परेको र उमेदवारका प्रतिनिधि आउन ढिला गरेकाले १२:४५ बजे मात्रै मतगणना शुरु भएको थियो। ३०० मतगणना सकिँदा इटहरीको मेयरमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। यता उपमेयरमा भने एमालेले अग्रता कायम गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार इटहरीको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले १७० मत ल्याएर अग्रता कायम ग