कुश्मामा सुरु भयो व्यवसायिक स्काई साइक्लिङ

विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरेको छ । कम्पनीले कालीगण्डकी माथिको भीरमा बञ्जिसँगै रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्पनीले बताएको छ । प्रतिव्यक्ति ३ हजार ५ सय शुल्क रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

सम्बन्धित सामग्री

मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ भरत तालमा निर्माण

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण सम्पन्न भएको छ। भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ संचालनको तयारी भएको हो। ताल किनारमा...

त्रिशूली रिभरसाइड रिसोर्ट – एड्भेञ्चरको पूर्ण प्याकेज

त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशूली नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको छ । रिसोर्टले करिब १ करोड रुपैयाँको लगानीमा नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको हो ।रिसोर्टका सञ्चालक उद्धव कँडेलले नेपालमै पहिलोपटक ‘क्रस रिभर’ स्काई साइक्लिङ सञ्चालनमा ल्याएको जानकारी दिए । यसअघि देशका अन्य स्थानमा स्काई साइक्लिङ सञ्चालनमा आएपनि ‘कपल’ साइक्लिङ पहिलोपटक सञ्चालनमा आएको उनको भनाइ छ ।‘नदीमाथि नेपालकै पहिलो स्काई साइक्लिङ हो । यस्तै, अन्य स्थानमा सिंगल साइक्लिङ सञ्चालनमा

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।...

बन्जीसँगै स्काई साइक्लिङ शुरू

पर्वत, माघ २ । कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चार वर्ष पहिलेदेखि नै […]

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

बलैवा–कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् । पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरुको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन […]

विश्वकै अग्लो ‘स्काई साइक्लिङ’ सुरू

विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो । साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ ।

चुमखोला–गोरखा जिपलाइन निर्माणको काम अन्तिम चरणमा

पृथ्वी राजमार्गको चुमखोला–गोरखा बट्टार जोड्ने जिपलाइन र स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्रिशूली खोलामाथि बन्दै गरेको ५ सय मिटर लामो जिपलाइन र साइक्लिङ रुटको हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी ३० प्रतिशत काम पनि अब छिट्टै सक्ने रिभर फन बिच रिसोर्टले जनाएको हो ।निर्माणाधीन जिपलाइन र साइक्लिङ छिटोभन्दा छिटो सक्ने र आउँदो डिसेम्बरसम्म सञ्चालनमा ल्याइ सकिने कम्पनीले जनाएको छ । विगत ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसायमा लोकप्रिय रहँदै आएको उक्त कम्पनील

चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा बन्‍ने भयो जिपलाइन र स्काइ साइक्लिङ

३ असोज, काठमाडौं। चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा झर्ने गरी जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ । ९ वर्षदेखि कम्पनी रिसोर्ट र र्‍याफ्टिङ ब्यवसाय गरिरहेको रिभर फनबिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी दुई सहासिक पर्यटकीय प्रडक्ट निर्माण गरिरहेको छ । जिपलाइन निर्माणको ७० प्रतिशत काम पुरा भइसकेको कम्पनीले […]