विश्वकै अग्लो ‘स्काई साइक्लिङ’ सुरू

विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो । साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ ।