चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा बन्‍ने भयो जिपलाइन र स्काइ साइक्लिङ

३ असोज, काठमाडौं। चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा झर्ने गरी जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ । ९ वर्षदेखि कम्पनी रिसोर्ट र र्‍याफ्टिङ ब्यवसाय गरिरहेको रिभर फनबिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी दुई सहासिक पर्यटकीय प्रडक्ट निर्माण गरिरहेको छ । जिपलाइन निर्माणको ७० प्रतिशत काम पुरा भइसकेको कम्पनीले […]

सम्बन्धित सामग्री

एनएमबि बैंक र यो यो जिपलाइनबीच छुट सम्बन्धी सम्झौता – देशसञ्चार

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काइ साइक्लिङ, जिपलाइन, स्विङ, केनोपि र रेष्टुरेन्ट

त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सन्चालनमा

एक दशक भन्दा लामो समय देखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सन्चालन गर्दै आएको पृथ्वी राजमार्गको आकर्षक 'होलिडे डेस्टिनेसन' त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सन्चालनमा ल्याएको छ । काठमाडौबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए ।स्काइ साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्र्याकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कंडेल बताउँछन् । दुइतर्फी दुरि तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती  एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कंडेलले जानकारी दिए । रिसोर्टमा जिपलाइन पनि नदि पार गर्ने गरि नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदि पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैया र फोटो भिडियो बनाउन पाँच सय लाग्ने रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए । जिपलाइन गरेर नदि पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भैरहेको कंडेल बताउँछन् ।  जिपलाइन र स्काइ रोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कंडेलले बताए ।