विवकेशील साझा पार्टी कार्यालयमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत र नाकाबन्दीको विरोध गर्दै टाँगिएको ब्यानर प्रहरीले झिकेको छ । बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा हिजो साँझदेखि 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको ब्यानर टागिएको छ । ‘माथिको आदेश’ भन्दै आएका प्रहरीले उक्त ब्यानर झिकेपछि पार्टीका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।