काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
आज आइतवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री परियारले आउँदाे मङ्सिर ४ गतेकाे चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे हाे । उहाँले चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धनभित्रका अन्य दलहरूसँग मिलेर सरकार बनाउने बताउनुभयो । गठबन्धनमा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लग...