नेतृत्व पाए कांग्रेस सरकारमा जान तयार छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लिन तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले अन्य दलको नेतृत्वमा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे ।  ‘नयाँ सरकार गठनका लागि अंकगणितको खेल शुरू भएको छ,’ उनले भने, ‘नेकपा माओवादी र जसपासँग छलफल भइरहेको छ, सरकारको नेतृत्व पाए हामी सहभागी हुन्छौं, अन्य दलको नेतृत्वमा हामी सरकारमा जाँदैनौं ।’ नेपाली कांग्रेस आमनिर्वाचन केन्...