कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी डिना निर्वाचित

कांग्रेस सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  देउवा प्यानलकी डिनाले दुई हजार ५३३ मत ल्याइन भने...

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

धनगढी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९ मत ल्याए। थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन्।

खानेपानी मन्त्री चौधरीलाई हराउँदै बारा १ बाट एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका मैनाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ निर्वाचित

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ निर्वाचित भएका हुन् ।

कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याउनुभयो । यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र […]

कांग्रेस सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् । अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा […]

यस्तो हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ । विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुन्छन् । ...