काठमाडौं : म्यानचेस्टर युनाइटेड र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको विवादको औपचारिक अन्त भएको छ। क्लब र रोनाल्डोले सहमतिमा नै सम्झौता अन्त गरेपछि रोनाल्डोले अब नयाँ क्लब खोज्ने छन्।मंगलबार राति क्लबले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता अन्त गरेको जनाएको छ। क्लबले रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा नै अन्त गरिएको जनाएको छ। रोनाल्डोले पनि क्लबसँग वार्तापछि नै सम्झौता अन्त गरिएको बताएका छन्।क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ,'उनले क्लबमा पुर्याएको योग