ओली सरकारका नियुक्ति खारेजीको माग गर्ने पत्रकार निलम्बनमा

रुपन्देही । अघिल्ला सरकारले गरेका नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी निलम्वनमा परेका छन् । अध्यक्ष बसन्त गिरीले उनलाई स्पष्टीकरण सोध्दै लुम्बिनी प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनको बर्खिलापमा भएको उल्लेख छ । महासंघका प्रदेश […]

सम्बन्धित सामग्री

एन्फामा सीईओ नियुक्तिसहितका निर्णय खारेज गर्न असन्तुष्ट समूहको माग

३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो । सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा […]

योग्यलाई मात्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न पूर्व न्यायाधीश फोरमको जोड

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले बहालवाला जिल्ला न्यायाधीशमध्ये योग्यलाई मात्र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु पर्ने माग न्यायपरिषद्ले अविलम्ब पुरा गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले लोक सेवा पास गरि न्याय सेवामा प्रवेश गरेका जिल्ला न्यायाधीशहरु उच्च अदालतमा जान योग्य भएपनि न्यायाधीश नियुक्तिको गलत मापदण्डको […]

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम

काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’

छिपहरमाई गाउँपालिका मतगणनामा अनियमितता भएको भन्दै पुनः निर्वाचन गर्न माग

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका मतगणनामा अनियमितता भएको भन्दै पुनः निर्वाचन गर्न माग भएको छ । गाउँ पालिकाको अध्यक्षका उमेदवार नवीनकुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाएका हुन्  ।  नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उमेदवार बनेका सिंहले  सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ति गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको...

गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। शुक्रबार एक सूचना जारी गरी सात दिन भित्र  ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनिएको हो ।त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । पत्रकार आचारसंहिता उल्लङ्घनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।

लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न विपक्षी गठबन्धनको माग

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्त गैरकानूनी रहेको दाबी गरेको छ । गठबन्धनले पोखरेलको पद खारेज गर्न माग गरेको छ । अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै नियुक्ति पाएका शंकर पोखरेललाई मुख्यमन्त्रीका रूपमा अस्वीकार र प्रदेशभर बहिष्कार गर्ने निर्णय गरेको छ ।  पोखरेल विरुद्धको गठबन्धनले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ प्रसाद यादवलाई बर्खास्...

दरबन्दी कायम गर्न बालविकास शिक्षकको माग

नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिले सरकारले ल्याउने पूरक बजेटमा आफूहरुको ‘स्केल’ बढाएर दरबन्दी पनि कायम गर्नको लागि माग गरेको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिकी अध्यक्ष कृष्ण कुमारी थापामगरले बाल विकास शिक्षकहरु हिजो राज्यको नीति नियमअनुसार नियुक्ति पाएर ५०० रुपैयाँमा काम गर्न सुरु गरेका जानकारी दिँदै यतिबेलासम्म ६ हजारमा दिनको ६ घण्टा अथवा विद्यालय समय अवधिभर आधारभूत तहका शिक्षकसरह काम गर्नु परेको अवस्था बताइन् ।

प्रधानन्यायाधीशको नियुक्ति नै बदर गर्न केसीको माग

डा. गोविन्द केसीले विचाराधिन मुद्दामा चलखेल गर्नसक्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् । पराजुलीको राजीनामा माग गर्दै यसअघि अनसन नै बसेका केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो पुरानै माग दोहोर्याएका हुन् ।

गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग

२७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् । सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन् । सर्वोच्चले दिएको कागजात र विभिन्न सञ्चार माध्यामहरुमा आएको तथ्यका …