स्वच्छ छवि भएका धर्मगुरुलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्न बौद्धमार्गीको माग

काठमाडौँ- लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्मगुरुलाई नियुक्ति गर्न बौद्धमार्गीहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । […]