२१ पुस, चितवन । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् । चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएका चुके चितवनका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । […]