होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके

काठमाडौँ,२१ पुष । होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएको हो । महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/सङ्गठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, […]

सम्बन्धित सामग्री

आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी

काठमाडौं । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्”, […]

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् ।

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

गण्डकी, २६ चैत । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल […]

नयाँ पर्यटन ऐन ल्याउँछौँ : मन्त्री किराँती

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।  होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।  'पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछ...

नयाँ पर्यटन ऐन ल्याउँछौँ : मन्त्री किराँती

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।  होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।  'पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछ...

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । “पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका …

होटल व्यवसायी महासङ्घ गण्डकीको अधिवेशन २५ र २६ गते पोखरामा

लेखनाथ– होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष अर्जुन चोखालले उक्त जानकारी दिएका छन् ।  उनले मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको बताए । चैतको […]

स्वास्थ्य पर्यटनको केन्द्र बन्दै भरतपुर

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो । सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ । सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमित रूपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । वार्षिक रूपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुकेका अनुसार क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफै पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ । भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको भन्दै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको बताए । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए । रासस

होटल राति ११ बजेसम्म खोल्न माग

होटल व्यवसायी महासङ्घ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसमक्ष होटल व्यवसायले बेहोर्नुपरेका समस्या समाधानका लागि आग्रह गरेको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाह नेतृत्वको प्रतिनिधि मण्डलले होटल व्यवसायीलाई घर बहालमा सहुलियत दिने, कोभिडका कारण अस्तव्यस्त बनेको होटल व्यवसाय चलायमान बनाउन मौद्रिक नीतिअनुसार राहत दिनुपर्नेजस्ता विषयमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको थियो । त्यसैगरी बैङ्कले सहज रूपले कर्जा उपलब्ध नगराएको, सङ्क्रमण कालभर व्यवसाय गरेबापत तिर्नुपर्ने सम्पूर्ण राजस्व मिनाहा गरिदिनुपर्ने तथा तालिम सञ्चालन गर्नेजस्ता विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ । महासङ्घका मागप्रति पर्यटनमन्त्री सकारत्मक रहेको महासङ्घले जनाएको छ ।