फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटेले अर्को वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा लड्ने सहमति गरेका छन्।
पीडीपी-लबान पार्टीका अनुसार रोड्रिगोले उपराष्ट्रपति पदमा लड्न सहमति जनाएसँगै राष्ट्रपति पदमा उनकै सहयोगी एवम् सिनेटर क्रिस टोफर 'बोङ' लाई खडा गरिनेछ।
लबान पार्टीका उपाध्यक्ष कार्लो नोग्रालेसले रोड्रिगोले यो सहमति गरेर 'त्याग' गरेको बताएका छन्।
स्थानीय संचारमाध्यमहरुका…