उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

काठमाडौं, २५ चैत्र । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए । उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक […]