राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने

काठमाडौँ – राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने निर्णय लिएको छ। राष्ट्रपति चुनावमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भाग नलिने निर्णय गरेको हो। केन्द्रीय कार्यसम्पादन समितिले उपराष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय लिएको अध्यक्ष लिङ्देनले जानकारी दिए। राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना सांसद छन्। कार्यसम्पादनको बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान […]

सम्बन्धित सामग्री

जो नागरिक भइरहन भोट खसाल्छन्

उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।...

याे चुनावमा पहिले जस्ताे उत्साही छैनन् साेलुवासी

साेलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ जम्बुककी सर्किनी शेर्पासँग चुनावमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेदवारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उहाँको दुखेसोे छ । वि.स. २०७४ सालको चुनावमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको चुनावमा भने नभएको शेर्पा बताउनुहुन्छ । ‘मैले धेरै पटक भोट हालेँ, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई, भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछ, जितिसकेपछि आफै कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त ...

माओवादीको घोषणा : २०८४ को चुनावमा विदेशबाट भोट दिने व्यवस्था

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ । […]

चुनावमा भोट नखसालेकाहरू...

काठमाडौं : सडकमा चहलपहल कम छ। केही मानिस कसलाई भोट हाल्ने भनेर सल्लाह गर्दै मतदान स्थलतिर जाँदै छन्। केही मानिस भोट खसालिसकेर बूढीऔँलाको नीलो मसी हेर्दै फर्कँदै छन्। त्यही सडक छेउमा आधा सटर खुलेको चियापसल छ। चियापसलमा एउटा पुरानो रेडियोमा समाचारको हेडलाइन बज्दै छ, 'मतदाताको उत्साहजनक उपस्थितिमा स्थानीय निर्वाचन हुँदै..'डिकुमायालाई आज अलिकति फुर्सद छ। ग्याँसको चुलो, चुलो राखेको टेबल, चिनी, चियापत्ती लगायतका वस्तु राखेका बट्टा, बट्टा राखेको ठाउँ सबै एक एक गर्दै सफा गर्दै छिन

सुनिता डंगोलले हालिन भोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरको प्रत्याशित उम्मेदवार सुनिता डंगोलले स्थानीय चुनावमा भोट हालेकी छन्। काठमाडौँ महानगरपालिका वडा नं २१ को फसिगा चोक, लगनमा उनले भोट हालेकी हुन्। उनी नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको उम्मेदवारको आकांक्षी हुन्।

चुनावमा भोट किन हाल्ने अथवा नहाल्ने ??

चुनावमा हामी किन भोट हाल्छौँ ? अथवा हाल्दैनौं ? अरु देशको सवालमा अर्कै कुरा होला । आज हामी हाम्रै देशको कुरा गरौँ । आचार संहिताको मौन समय सुरु हुनै लाग्दा यति कुरा गर्न चाहिं पाइएला कि ! हाम्रो समाज “नराम्ररी” राजनितिकृत छ । सबै बालिगहरुलाई राजनीतिमा तिब्र रुचि नभए पनि प्रत्येक घरपरिवारको टाउके पुस्ता कुनै …

भोट हाल्न दिनभर पैदल हिड्नुपर्ने मासपुरवासीको बाध्यता

हुम्लाको ताजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीयलाई चुनावमा भोट हाल्न दिनभर पैदल हिडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता छ । चुनावमा भोट हाल्न मासपुरबाट एकदिन पैदल हिडेर ताजाकोट गाउँपालिका केन्द्र पुग्नुपर्छ...

कांग्रेस सभापतिको चुनावमा अब १ हजार भोट खस्न बाँकी

नेपाली कांग्रेसको सभापति निर्वाचित गर्न भइरहेको दोस्रो चरणको चुनावमा अब १ हजार भोट खस्न बाँकी रहेको छ । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये अब १ हजार भोट खस्न बाँकी रहेको छ । मतदान सकिएलगत्तै मंगलवारै राति सभापति पदको मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।

भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटियो

काठमाण्डाै - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ। चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो । पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा भनिएको छ।