संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाथधाम मन्दिरको वैदिक विधि अनुसार शिलान्यास गरिएको छ । बे एरियामा रहेको रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमवार विशेष पुजाअर्चना गरी पण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरुले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेका अनुसार नेपाल बाहिर शिलान्यास भई स्थापना हुन …