कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?

आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। कृष्ण मन्दिरमा शिवलिंग पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५० मा भएको थियो। सो मन्दिर एउटै पहाडको ढुंगाले बनाइएको कथन छ। त्यसबेला पाटनमा सिद्धिनरसिंह…