काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभाको आयोजना गर्ने चेतावनी दिएका छन् । बुधबार उक्त समूहले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।