बीपी प्रतिष्ठान: सरकारको आग्रहपछि संघर्ष समितिले बदल्यो आन्दोलनको स्वरुप

आइतबार सरकारले पदाधिकारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेपछि संघर्ष समितिले आन्दोलनको स्वरुप फेरेको हो ।

सम्बन्धित सामग्री

उपकुलपति कार्कीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिले कामु उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारकासँग माग गरेको छ । शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खान र कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले शुक्रबार बीपी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै […]

निर्वाह भत्ता नबढाएको भन्दै बीपी प्रतिष्ठानका १३० इन्टर्न डाक्टर आन्दोलनमा

गत साउन १६ गते भएको जीवन निर्वाह भत्ता वृद्धिको लागि विद्यार्थी कल्याण समाज र इन्टर्न संघर्ष समितिले गरेको सिफारिस कार्यान्वयन नभएपछि उनीहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिले भन्यो– रजिष्ट्रार संग्रौलालाई स्वागत गर्दैनौं

१६ साउन, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनलाई स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रार नियुक्त गरेका हुन् । बीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्त हुन अघि डाक्टर संग्रौला पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीमा थिए । डाक्टर संग्रौला २०७८ साल साउन १ गतेबाट […]

बीपी प्रतिष्ठानमा आन्दोलनस्थलबाटै उपचार सेवा

धरान । बीपी सुधार अभियान सञ्चालन गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त संघर्ष समितिका चिकित्सकहरूले आन्दोलनस्थलबाटै बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । गत असार १ गतेदेखि प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका समितिका चिकित्सकहरूले दैनिक धर्ना दिइरहेको उपकुलपतिको कार्यालय अगाडि बिरामीलाई उपचार सेवा दिएका हुन् । आइतवारदेखि आकस्मिक र कोभिड अस्पताल बाहेकका स्वास्थ्य सेवा बहिष्कारको घोषणा गरेका चिकित्सकहरूले बिरामीको समस्यालाई दृष्टिगत गर्दै मंगलवारदेखि आन्दोलनस्थलबाटै उपचार सेवा प्रवाह गरेको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयसँग भएको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै चिकित्सकहरूले सेवा बहिष्कार गर्ने घोषणा गरेका थिए । सेवा बहिष्कार नगर्न सबैतिरबाट आग्रह भएपछि संघर्ष समितिले मंगलवारदेखि आन्दोलनस्थलमै उपचार सेवा सञ्चालन गरेको हो । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले आन्दोलन फिर्ता लिने अवस्था नभए पनि आन्दोलनस्थलबाटै बिरामीलाई उपचार सेवा प्रदान गरिएको बताए । ‘फलोअपमा आएकाहरूको पुर्जा हुन्छ, नयाँ बिरामीलाई आवश्यक जाँच गरेर खाली कागजमा औषधि र सल्लाह लेखेर दिएका छौं,’ उनले भने । उपचारार्थ आएका बिरामीहरूको मंगलवार २ घण्टासम्म भीड थियो । मंगलवार करीब २ सय बिरामीले सेवा पाएको संघर्ष समितिले बताएको छ । आन्दोलनरत चिकित्सकहरूले छाला, हाडजोर्नी, मेडिसिन, कार्डियो, मानसिक, पल्मोनोजोली, डेन्टललगायतका विशेषज्ञ सेवा प्रवाह गरेको जुनियर रेसिडेन्टका अध्यक्ष डा. नेपालीले जानकारी दिए ।

बीपी प्रतिष्ठानका आन्दोलनरत संघर्ष समितिले प्राङ्गणबाटै सुरु गरे ओपीडी सेवा

२२ भदौ, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संघर्ष समितिले  प्राङ्गणबाटै ओपीडी सेवा सुरु गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि सम्पूर्ण सेवा बन्द गरेको थियो । सेवा बन्द गर्दा विरामीले दु:ख पाएकोले विरामीको दु:ख देख्न नसक्दा प्राङ्गणबाट उपचार सेवा दिन थालेको संघर्ष समितिको संयोजक डा. एसपी रिमालले […]

संघर्ष समितिद्वारा बीपी प्रतिष्ठानमा ओपीडी सेवा बहिष्कार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीपी प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ ।

सरकार र बीपी प्रतिष्ठानका आन्दोलनकारीबीच ६ बुँदे सहमति

काठमाडौं।सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति जुटेको छ।सहमति जुटेसँगै स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम संयुक्त संघर्ष समितिले फिर्ता लिएको छ। समितिले आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएपछि सरकारले समस्या समाधानका लागि डा.कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली खटाएको थियो। मंगलबारदेखि चलेको वार्ता बुधवार बिहान ६ बुँदे सहमतिसँगै निष्कर्षमा पुगेको हो।