संघर्ष समितिद्वारा बीपी प्रतिष्ठानमा ओपीडी सेवा बहिष्कार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीपी प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ ।

सम्बन्धित सामग्री

ठप्प बीपी प्रतिष्ठान:  १६ वर्षदेखि बढुवा रोकिँदा आन्दोलित कर्मचारी

आपतकालीन सेवाबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी सेवा आइतबार ठप्प छ ।

सडकमै ओपीडी सेवा दिँदै बीपी प्रतिष्ठानका चिकित्सक

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले ओपीडी सेवा बहिस्कार गरे पनि सडकमै बिरामीलाई सेवा दिइरहेका छन् । गत आइतबारदेखि बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले ओपीडी सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएको हो ।

बीपी प्रतिष्ठान आन्दोलन: चिकित्सकले अस्पताल प्राङ्गणमै सुरु गरे ओपीडी सेवा

इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेपनि टाढाबाट बिरामी आएकाले अस्पताल प्राङ्गणबाटै ओपीडी सेवा सुरु गरिएको संघर्ष समितिका सदस्य अमृत जैशीले बताए ।

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राजनीतिक दल निकट युवा संघहरूले फोडेका छन् । सोमवार प्रतिष्ठानमा पुगेर तीन राजनीतिक दल निकट संठगनहरूले विरोध प्रदर्शन गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन् । बीपी सुधार अभियान अन्तर्गत प्रमुख पदाधिकारीहरूको राजीनामा लगायतको माग राख्दै आन्दोलित संयुक्त संघर्ष समितिले आइतवारदेखि आकस्मिक तथा कोभिड अस्पतालको बाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई सहज ढंगले निकासतर्फ लैजानुपर्नेमा राजनीतिक दलहरूले प्रतिष्ठानमा अराजकता भिœयाएको आरोप समितिको छ । दलहरूको यस्तो हर्कतले प्रतिष्ठानमा काम गर्न सक्ने वातावरण झनै बिग्रने आन्दोलित चिकित्सकहरूले बताएका छन् । ‘हामीले सेवा ठप्प पारेका होइनौं, बहिष्कार गरेका हौं, आकस्मिक र कोभिड अस्पतालमा सेवा दिइरहेका छौं,’ प्रतिष्ठानका चिकित्सक डा. प्रकाश पराजुलीले भने, ‘सोमवारको घटनाले हामीले असुरक्षा महसूस गरेका छौं ।’ नेकपा एमाले धरान नगर कमिटी, संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको विरोध गरेका छन् । प्रतिष्ठानमा सृजित अराजकताले विद्यमान समस्या झनै बढाएको धरानका बुद्धिजीवी तथा धरान नागरिक दबाब सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । ‘सोमवारको घटनामा असहिष्णुता देखाउने अराजनितिक कार्य हो, लोकतन्त्रमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यपूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा ताला तोड्ने काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो ।’ ताला तोड्न पुगेका राजनीतिक दलका युवा र प्रहरीबीच झडपसमेत थियो । सो क्रममा केही प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ताला तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्ताले भने बीपी प्रतिष्ठानको शुद्धीकरण आन्दोलनप्रति आफूहरूको समर्थन रहे पनि उपचार सेवा ठप्प भएकाले यसको विरोध गर्नुपरेको बताएका छन् । बीपीको शुद्धीकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले सोमवार प्रतिष्ठानमा गरेको प्रदर्शन र ताला फुटाएको घटना निन्दनीय भएको बताएका छन् । ‘चरम लापरबाही र बेथितिले प्रतिष्ठान धराशयी भइरहेको बेला राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा यसरी प्रतिरोधमा उत्रनु दुःखद छ,’ उनले भने । यद्यपि प्रतिष्ठान सुधारको समाधान नआएसम्म आपूmहरूको आन्दोलन नरोकिने उनले बताए । प्रतिष्ठान सुधारका सम्बन्धमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन नभएकाले दबाबस्वरूप ओपीडी सेवा ठप्प पार्नुपरेको आन्दोलनरत समितिले बताएको छ । चिकित्सकहरूले सोमवार उपकुलपति कार्यालय परिसरमा केही बिरामीको स्वास्थ्य परीक्षण भने गरेका थिए । यसैबीच, प्रतिष्ठानका सहायक निर्देशक र नायब अस्पताल निर्देशकले पदबाट राजीनामा दिएका छन् । दुईवर्षे कार्यकालका लागि नियुक्ति भएका नायब अस्पताल निर्देशक डा. दिव्यराज मिश्र र सहायक निर्देशक डा. प्रमोद बरालले राजीनामा दिएका हुन् । डा. मिश्रले सोमवार राजीनामा दिएका हुन् भने डा. बरालले १० दिनअघि राजीनामापत्र बुझाइसकेका छन् । राजीनामापत्रमा आफ्नो व्यस्तताको कारण देखाइए पनि काम गर्न सक्ने वातावरण नभएकाले राजीनामा दिएको बुझिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले दुवैजनाले राजनिामा दिएको पुष्टि गरे । उनीहरूको राजीनामापत्र स्वीकृत भए÷नभएकोमा विषयमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।