सरकार र बीपी प्रतिष्ठानका आन्दोलनकारीबीच ६ बुँदे सहमति

काठमाडौं।सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति जुटेको छ।सहमति जुटेसँगै स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम संयुक्त संघर्ष समितिले फिर्ता लिएको छ। समितिले आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएपछि सरकारले समस्या समाधानका लागि डा.कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली खटाएको थियो। मंगलबारदेखि चलेको वार्ता बुधवार बिहान ६ बुँदे सहमतिसँगै निष्कर्षमा पुगेको हो।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।

सरकारसँग ६ बुँदे सहमति गरी चिकित्सकहरुले गरे आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्युको विषयमा दुई पक्षबीच सहमति भएको छ । बुधबार दिनभरको प्रयासपछि अबेर पीडित पक्ष सहमतिमा आएको हो । छलफलबाट दुई पक्षबीच ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सहमतिसगैँ तीन दिनदेखि लगातार तनावको स्थिति साम्य भएको छ । लालबन्दी नगरपालिकास्थित ईलाका प्रहरी […]