बीपी स्वास्थ्य प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारले बनायो ८ सदस्यीय कार्यदल

धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयले एक वरिष्ठ सचिवको संयोजकत्वमा ८ सदस्यीय कार्यदल तथा जाँचबुझ समिति गठन गरेको छ । प्रतिष्ठान शुद्धीकरण अभियानअन्तर्गत संयुक्त संघर्ष समितिले सरकारलाई गत बुधवार ४८ घण्टे अल्टिमेटम दिएपछि प्रधानमन्त्री कार्यालयका मन्त्रिपरिषद्, संवैधानिक निकाय र आर्थिक तथा पूर्वाधार विकास सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । प्रतिष्ठानका आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरूले भने प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आउन...