चीनले सीमा मिचेको अध्ययन गर्न सरकारी टोली हुम्लाको लाप्चा पुग्यो

काठमाडौँ– सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन गर्न गएको टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो । नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद […]

सम्बन्धित सामग्री

नेपाल–चीन सीमा अध्ययनमा पुगेको सरकारी टोली फर्कियो

हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीन–नेपाल सीमामा पिल्लरको अध्ययन गर्न पुगेको सरकारी टोली मंगलबार काठमाडौं फर्किएको छ। टोलीले १५ वटामध्ये १२  वटा पिल्लर क्षेत्रको मात्रै अध्ययन गरी फर्किएको हो। चीनले नेपाली...

पश्चिम सेती जलविद्युत : चिनियाँले छाडेको ३ वर्षपछि बल्ल अध्ययन

धनगढी : सरकारले लगानी बोर्डमार्फत पश्चिम सेती तथा एसआर–६ जलविद्युत आयोजना निर्माण अघि बढाउने निर्णय गरेको छ। निर्णयपछि आइतबार पहिलो पटक १५ सदस्यीय सरकारी टोली पश्चिम सेती आयोजनास्थल पुगेको छ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सहितको टोलीले ६ महिनाभित्र दुवै आयोजना अध्ययन गरी दृष्टिकोणसहित सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ।चिनियाँ कम्पनी थ्रि गर्जेजले ०७५ भदौमा पश्चिम सेती आयोजनाबाट हात झिकेपछि आयो

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली

डोटी– डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी आइपुगेको छ । टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने जिल्लाको शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न […]

नेपाल–चीन सीमा अध्ययन समिति हिल्सामा

उत्तरी क्षेत्रको हुम्ला खण्डअन्तर्गत लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न आएको सरकारी टोली हिल्सा पुगेको छ । नाम्खा गाउँपालिका– ६ स्थित लिमी–लाप्चास्थित १२ नम्बर स्तम्भको अध्ययनपछि हिल्सा पुगेको टोली बिहीबार सदरमुकाम...

चीनसँग सीमा समस्याबारे अध्ययन गर्न हुम्ला होमिएको टोली के गर्दैछ

काठमाडौं, २९ भाद्र । चीनले कहाँ कति सीमा मिचेको अध्ययन गर्न प्राविधिकसहित हुम्लामा खटिएको सरकारी टोली यतिबेला सीमा क्षेत्रमा सक्रिय छ । चौंथो दिन पनि टोली सीमा पुगेर पिलर र नो म्यान्स ल्यान्डको ठिक ठाउँमा छ कि छैन अध्ययन गरिरहेको बुझिएको छ । अध्ययन टोली चौंथो दिन पनि सक्रिय रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले […]

सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुग्दै सरकारी टोली

सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]