नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरेका थिए ।समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँड