कांग्रेस अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरेका छन्।एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए र कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको थियो।