घरेलुको सहयोगले व्यवसाय सञ्चालन सहज

तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका ईन्द्रबहादुर बिक ४० वर्षदेखि आरन पेशा गर्दै आएका छन् । उनको परिवार पाल्ने आधार भनेकै यही पेशा हो । केही वर्ष अघिसम्म व्यवसाय सञ्चालन गर्न निकै सकस थियो । व्यवसाय सञ्चालनमा चाहिने सामग्री खरिद गर्ने रकम नहुँदा दुई–तीन दिन लगाएर एउटा खुकुरी बनाउँथे उनी । कृषि औजार बनाएर बिक्रीबाट आएको रकमले […]

सम्बन्धित सामग्री

व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह

काठमाडौं – गर्भनर महाप्रसाद अधिकारीले उद्यम-व्यवसायको प्रवद्धनका लागि सहजीकरण गर्नुपर्ने बताएका छन् । बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै गर्भनर अधिकारीले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण अफ्ठेरो परेको अवस्थामा व्यवसायीलाई सहजीकरणका लागि आग्रह गरे। उद्योग-व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरण सृजना गर्न आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक […]

‘डिजिटलाइजेसनले महिलाहरूलाई घरमै बसेर व्यवसाय चलाउन सहज’

काठमाडौं ।  प्रविधि कसरी चल्छ होइन, किन चलाउने र त्यसबाट कसरी फाइदा हुन्छ भन्ने महत्त्वपूर्ण हुने महिला उद्यमीहरूले बताएका छन् ।  न्यू बिजनेश एजले आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’मा आयोजित ‘वुमन आन्त्रप्रेनरशिप इन द डिजिटल एज’थिमको प्यानल डिस्कसनमा सहभागी उद्यमीहरूले यस्तो बताएका हुन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालले डिजिटल इकोनमी अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको बताइन् । सरकरले डिजिटाइजेसजनमा काम गरिरहे पनि जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको उनको भनाइ छ । सूचना प्रविधि क्षेत्रको विकासको लागि सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको भन्दै उनले भनिन्, 'हाम्रो मुख्य प्राथमिकता डिजिटल साक्षरता पनि रहेको छ । डिजिटल साक्षरताले वित्तीय साक्षरतामा पनि सहयोग गर्छ ।' १५ औं योजनामा ४० प्रतिशत जनसंख्यालाई डिजिटल साक्षरता बनाउने योजना रहेको उनको भनाइ छ । यसमा भौगोलिक कारणले कठिनाइ पनि उत्तिकै रहेको उनले बताइन् । 'सामाजिक सञ्जाल र मोबाइल पुग्नु मात्र डिजिटल साक्षरता होइन । विद्यालय तहदेखि पाठ्यक्रममा नै राखेर डिजिटल साक्षरता समावेश गर्नु पर्छ,' उनले भनिन् ।  सूचना प्रविधिमा लाग्दै आएको दोहोरो करका बारेमा बोल्दै ई-कमर्सको लागि आवश्यक कानून निर्माणमा सरकार लागेको बताइन् । उनले सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याएकोले अब प्रविधिका क्षेत्रमा धेरै अवसर रहेको बताइन् ।   सरकार पनि कानून निर्माण गरिरहेको र सूचना प्रविधिमा वैदेशिक लगानीको बारेमा गर्न लागिएको व्यवस्था गरेको बताइन् । उनले यस्ता सेवाजन्य क्षेत्रको विकास नगरी आर्थिक विकास गर्न नसकिने बताइन् । 'महिला उद्यमीलाई प्रोत्साहन गर्न बिनाधितो सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,' उनले भनिन् । रम्सन नेपालकी सहसंस्थापक रुमी सिंहले डिजिटलाइजेसनले विश्व र मानिसहरूको जिन्दगीमा कस्तो असर गरिरहेको छ भन्नेमा आफ्नो धारणा राख्दै प्रविधिले जुनसुकै व्यवसायलाई असर गर्ने बताइन् । प्रविधिको परिवर्तनलाई हामी ग्रहण गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । 'व्यवसायमा डिजिटल मार्केटिङ, ई-कमर्स लगायतका प्रविधि ग्रहण गर्न सकिन्छ । कुनै पनि व्यवसाय सर्भाइबलका लागि प्रविधिलाई ग्रहण गर्नु आवश्यक छ,' उनले भनिन्, 'प्रविधि कसरी चल्छ भन्दा पनि प्रविधिले हामीलाई के फाइदा हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । प्रविधि कसरी चल्छ भनेर जान्न त्यति आवश्यक पनि छैन । प्रविधिलाई लोकल समस्यालाई कसरी समाधान गर्न प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नियमन र नीति पनि आवश्यक हुन्छ ।' गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले हरेक क्षेत्रमा डिजिटलाइजेसजन रहने बताइन् । नेपाल डिजिटलाइजेसनमा अन्य मुलुकको तुलनामा पछि रहे पनि उक्त दिशामा विस्तारै अघि बढिरहेको उनले बताइन् । 'लकडाउनले पनि डिजिटलाइजेसन अझ अघि बढेको छ । हाल ५१ दशमलव ६ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्,' उनले भनिन्, 'समान अवसर र समावेशीकरण पनि डिजिटलाइजेसन हो । घरमा बसेर नै महिलाले डिजिटलाइजेसनका कारणले धेरै काम गर्न सक्छन् । डिजिटाइजेसनले महिलाहरूलाई घरमा नै बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ ।' 'मोबाइलका कारण संसार नै हातमा छ । मोबाइलबाट व्यवसाय सञ्चालनदेखि धेरै कामहरू गर्न सकिन्छ । मोबाइलबाट नै धेरै अवसरहरू छ,' उनले थपिन् ।

सिलौटो निर्माणमा प्रयोग हुने खोलाको ढुंगा ल्याउन रोक

बेसीसहर नगरपालिकाको सदरमुकाम बेसीसहरमा सिलौटो व्यवसाय सञ्चालन गर्दै आएका बलबहादुर बसेललाई दैनिकी गुजार्न समस्या छ । वर्षौदेखि सुकुम्बासीको रुपमा खोलाको किनारमा बस्दै आएका उनलाई घरपरिवार चलाउन समस्या छ ।आम्दानीको स्रोत अरु नभएपछि आफ्नै पुख्र्यौली व्यवसायलाई मुख्य पेसाको रुपमा लिई सिलौटो बनाउने कामलाई निरन्तरता दिएको बताए ।नगरपालिकाले यस बिषयमा सहज वाताबरण मिलाइदिए घरपरिवार चलाउन त्यति मुस्किल नपर्ने उनी बताउँछन् । ‘नागरिकको विचार सुनुवाइ हुनुपर्छ । तर यहाँ यो व्यवस्था छैन, पहुँचवालाई जे गर्

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सहज रुपमा […]

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन माग

व्यवसायीहरुले सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेको भन्दै व्यवसायीलाई परम्परागत व्यवसाय सञ्चालन गर्न समस्या परेको उनीहरुले गुनासो गरे । विभिन्न परम्परागत सीप तथा कला संरक्षणमा तथा प्रवद्र्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनीले लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) आपूर्तिको […]

बैंकहरू कोभिडको तेस्रो लहर थेग्न सक्षम छन्

कोभिड—१९ को तेस्रो लहर आउने अनुमानका बीच बैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ला ? हामीले कोभिड महामारीको दुईवटा चरण भोगिसकेका छौं । पहिलो लहरमा मानिस धेरै त्रसित भएका थिए । संक्रमितको संख्या कम भए पनि मान्छेहरूमा डर धेरै थियो । त्यो बेला कतिपय मानिसमा अब व्यवसाय डामाडोल भयो, फेरि पहिलाकै अवस्थामा सञ्चालन गर्न सकिँदैन कि भन्ने सोच पनि आएको थियो । तर, दोस्रो लहरको संक्रमणसम्म आइपुग्दा संक्रमितको संख्या धेरै भए पनि सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्न सक्छौं भने आत्मविश्वास देखियो । गत वर्ष पहिलो त्रैमासमा कोभिडको प्रभावले व्यवसाय त्यति वृद्धि नभए पनि दोस्रो त्रैमासबाट भने यति राम्रोसँग व्यवसाय विस्तार भयो कि अघिल्ला वर्षमा भन्दा बैंकहरूको व्यवसायको विस्तार राम्रो भयो । आयात निर्यातसँगै व्यावसायिक क्रियाकलाप बढेका छन् । जसका कारण बैंकको ऋण तिर्नेको संख्या पनि एकदमै राम्रो बढेको छ । पहिलो लहरमा सर्वसाधारणमा रहेको त्रास दोस्रो लहरसम्म आइपुग्दा सहज भएसँंगै आर्थिक क्रियाकलाप बढेका छन् । जसको कारण पछिल्ला महिनामा बैंकहरूलाई ऋण असुलीमा पनि त्यति धेरै समस्या भएन । पहिलोपटक डराएका सर्वसाधारण दोस्रो लहर आउदासम्म त्यसलाई झेल्नका लागि तयार भइसकेका थिए । अब तेस्रो लहर आए पनि यसलाई झेल्नका लागि सर्वसाधारण अझ तयार भएर बसेका छन् । यसको एउटा मुख्य कारण कोभिडविरुद्धको खोप लगाउने जनसंख्या बढिरहेको छ । तेस्रो लहर आयो भने व्यवसायलाई अलिकति असर त गर्छ नै । तर एकदमै धेरै खत्तम नै हुन्छ जस्तो लाग्दैन । बैंकहरूमा पनि केही असर परे पनि केही समयमा वा अर्को त्रैमासमा पुग्दासम्म सामान्य हुन्छ ।

‘उद्योग, व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाऊ’

उनीहरूले औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्‍याउन सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन्।...

सुरक्षित रहँदै व्यवसाय गर्न उद्योग वाणिज्य सङ्घको आग्रह

पोखरा, १३ बैशाख । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा […]