मेरो भुँडी मोह अच्छा राई रसिकको 'भुँडी' अनि भैरव अर्यालको 'जय भुँडी' र 'भान्सा भो हजुर' निबन्ध पढे देखिकै हो।सायद आफ्नो भुँडीले उचाई लिन थालेर पो कि! यो भुँडीप्रतिको मेरो लगाव आजकल अलि बढी नै हुन थालेको छ। पहिले-पहिले कसैले 'मोटाएछस् नि!' भन्दा कटक्क दुख्ने मेरो मन आजकल त्यही शब्द सुन्दा हर्षले गद्गद् हुन्छ। संसारभर हरेक पल घट्ने हरेक घटनाको एकमात्र कारण भुँडी नै हो भन्ने मेरो भुँडीवादी मगजको ठम्याइ छ।भुँडीकै कारण संसारमा कैयौँ व्यक्ति,वाद र व्यवस्थाहरू