काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ । आज सोमवार प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले यस्ताे बताउनुभएकाे हाे ।
बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भए पनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको भन्दै उहाँले आपत्ति जना...