जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि नलड्ने घोषणा शुक्रवार गरेका छन् ।
त्यस घोषणासँगै उनी समयअगावै प्रधानमन्त्री पदबाट हट्ने भएका हुन् ।
उनको घोषणापछि जापानमा अस्थायी रूपमा राजनीतिक शून्यता छाएको छ र सत्तारूढ दलको अध्यक्ष पदमा प्रतिस्पर्धा जटिल बनेको छ ।
एलडीपीको कार्यकारी बोर्डको बैठकमा सुगाले कोरोनाभाइरस नियन्त्रणमा जोड दिन अध्यक्ष पदका लागि नलड्ने घोषणा गरेका थिए । उनले पार्टी अध्यक्षको बाँकी कार्यकाल पूरा गर्नेछन् । त्यो कार्यकाल सेप्टेम्ब...