मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान