कमल बुढाथोकी काठमाडौं,१४ साउन । कोशी प्रदेश सरकारविहीनताको अवस्थामा पुगेको छ । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले गत बिहीबार नयाँ सरकार गठन गर्न आदेश दिएपनि कामचलाउ सरकारबारे प्रदेश प्रमुख र प्रदेशका प्रमुख सचिव मौन बस्दा प्रदेश सरकार सरकार विहीनताको अवस्थामा आइपुगेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि […]