कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

सम्बन्धित सामग्री

कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर- कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को परिच्छेद ९ को प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धमा व्यवस्था अन्तरगत नियम ४० र ४१ बमोजिम प्रदेश सभामा सदस्यहरूको मुख्यमन्त्रीसँग प्रश्नोत्तर...