सोलुखुम्बु। एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । […]