धनगढी–१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी प्यानलसहित विजयी

धनगढी – धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा अध्यक्षमा निर्वाचित मुडभरीले १ हजार १८६ मत प्राप्त गरेका छन्। यसैगरी सदस्यमा सत्यदेवी जोशी १०६२, डम्मरनाथ जोशी ९८२, धर्मराज उपाध्यय ९९७ र सरस्वती कोली १०२७ मत प्राप्त गरी विजयी भएका छन्। अध्यक्षमा निर्वाचित मुडभरी यसअघि पनि वडा […]

सम्बन्धित सामग्री

विराटनगर महानगर- ५ मा कांग्रेसका सन्ताेष न्याैपाने प्यानलैसहित विजयी

विराटनगर- विराटनगर महानगरपालिकाको वडा नम्बर ५ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएकाे छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ५ मा ४७ वर्षीय सन्ताेष न्यौपानेले १ हजार ९९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मीनकुमार आचार्यलाई १ हजार ३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। ४९ वर्षीय आचार्यले ९५९ मत […]

औरही नगरपालिका-९ मा कांग्रेसका चौधरी विजयी

महोत्तरी – महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन् ।

शुक्लाफाँटा–२ मा एमालेको प्यानलै विजयी

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। एमालेका बोदुराम डगौरा ५२८ मतसहित विजयी भएका हुन्।डगौरासहित उनको पूरै प्यानल विजयी भएको छ।डगौराका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अवस्थीले २५८ र नेकपा माओवादी केन्द्रका गणेश भट्टले २५६ मत प्राप्त गरेका छन्।

सप्तरीको शम्भुनाथ–२ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेस सम्पूर्ण प्यानलसहित विजयी भएको छ। कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार दुर्गानन्द भगतले ६८१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका बल बहादुर भुजेलले ३ सय मत ल्याए। यस्तै सदस्य पदमा कांग्रेसकै खडग माया मगर ६५७, दिल बहादुर मगर ६५२, महिला सदस्यमा अनिता […]

कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी

१ जेठ, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा,  सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

दाङको शान्तिनगर-१ मा माओवादी केन्द्रका पुन प्यानलसहित विजयी

३१ वैशाख, दाङ । शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित भएका छन् । उनी ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सिगास १ मा कांग्रेसका ऐरी विजयी

बैतडी– बैतडीको सिगास गाउँपालिका१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् । पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित […]

बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका शेर्पा विजयी

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका उम्मेदवार आङदोर्जे शेर्पा विजयी भएका छन्।शेर्पा ४१५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी वडामा प्यानलसहित विजयी भएका हुन्।उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजित भएका छन्। वडामा ९२७ मतदाता छन्।

गन्यापधुरा ४ मा  कांग्रेसका अध्यक्ष प्यानलसहित विजयी

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका छन। गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा...