कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी

१ जेठ, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा,  सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

सम्बन्धित सामग्री

पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक

पर्वत । पर्वतमा सातओटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिवारदेखि सबै पालिकामा मतगणना शुरू गरिएको छ । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये १८ वडामा नेकपा एमाले विजयी भएको छ भने ६ वडामा नेपाली कांग्रेस विजयी भएको छ । परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाका वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन् भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ । यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ । महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ । महाशिलाका १, २, ३ र ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन् । वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो । यसैगरी मोदी गाउँपालिकामा १, २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैओटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन् । अहिले वडा नंं ४ को गणना जारी छ । कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ । रासस

कास्कीको रुपामा एमाले विजयी

कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् ।यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् । यस्तै एमालेले वडा नम्बर २,३,४,५,६ र ७ मा प्यानलसहित विजयी भएको छ ।

पोखरा महानगरपालिका नतिजा सार्वजनिक : १ मा एमाले, २ वडामा कांग्रेस विजयी

पोखरा । पोखरा महानगरपालिका-१ मा एमाले र २ मा कांग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् ।उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् । सदस्यमा जुमकाजी गुरुङ, […]

पोखराको महानगर-१ मा एमाले, २ मा काँग्रेस विजयी

पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् । उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् । सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।पोखरा-२ मा काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेसक

पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक

पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३  र गठबन्धन २ वटा वडामा विजयी भएको छ  । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन्  । तीमध्ये एमाले तीनवटा वडामा प्यानलसहित विजयी भएको छ ।यस्तै, महाशीला गाउँपालिकामा ३ वटा वडामा पनि एमाले विजयी भएको छ । महाशीला गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। बिहादी गाउँपालिका १