१४ वैशाख, काठमाडौं । झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले पहिलो पटक आदिवासी जनजाति समुदायबाट संसदीय दलको नेता पाएको छ ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५३ औं दिनमा सोमबार आदिवासी जनजाति समुदायको …
नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपीसरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी)नियुक्त गरेको हो । अर्याल आगामी १८ वैशाखमा […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।
१४ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र ९ वर्षपछि टुंगो लागेको छ ।
लामो समयदेखिको विवाद अन्त्य गर्दै गाउँपालिकाको स्थायी केन्द्र चापटारीमा राख्ने निर्णय भएको छ ।
इस्मा–५ चापटारीमा सम्पन्न गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र …
खोटाङ– यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् । सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् । सङ्घीय […]