पाल्पा – पाल्पाका उज्यालाे सहकर्मी देव पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाकाे १२ औँ साधारण सभाकाे अवसरमा महासङ्घका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले पचभैयालाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्नुभएकाे हाे ।
साधारण सभाको अवसरमा महासङ्घले पाल्पाका १८ जनालाई पुरस्कृत गरेको छ ।