कर्णालीमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान कर्णालीमा करिब सम्पन्न भएको छ । केही स्थानमा छुट्पुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन अधिकारीहरुले बताएका छन् । हुम्लाका केही मतदान केन्द्रमा झडप भएपनि मतदान सम्पन्न भएको छ भने सुर्खेतको क्षेत्र नम्बर १ को सिम्तामा मतदान स्थगित भएको छ ।सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो । प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभा तर्फको एकसय मत खसेपछि विवाद उ

सम्बन्धित सामग्री

संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान

संखुवासभा – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान गरिएको छ।  भौगोलिक विकटताको कारण सबै केन्द्रका मतदान अधिकृतहरूसँग सम्पर्क हुन नसकेकाले तथ्याङ्कमा ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनुभयो । उहाँले विकट क्षेत्रमा निरन्तर टेलिफोन सम्पर्क गर्न खोजे पनि हुन नसकिरहेको बताउनुभयो । खाँदबारी नगरपालिका ३ को मानेभञ्ज्याङ महेन्द्र मावि (ख) केन्द्रमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपत्र राख्ने बाकसमा हालेपछि विवाद सिर्जना भएको थियो । ...

दैलेखमा ५१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

दैलेख – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा दैलेखमा ५१ दशमलव ४४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार कुल ८१ हजार ७ सय ८१ मत खसेको छ । प्राप्त विवरण अनुसार खसेको मतमध्ये महिलाको सहभागिता ५३ प्रतिशतभन्दा बढी छ । खसेको मतमा महिलाहरुको संख्या ४३ हजार चार सय ५४ र पुरुषतर्फ ३८ हजार ३ सय २७ रहेको छ । खसेको मतमध्ये कर्मचारीतर्फ र कारागारका कैदीबन्दी समेत १ सय ७६ जनाले मतदान गरेका छन् । निमामती कर्मचारी, सेना, प्रहरीका १८ महिला ...

बर्दियामा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बर्दिया – बर्दियामा आज भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।  आज भएको चुनावमा छिटपुट घटना बाहेक बर्दियामा शान्तिपूर्ण ढंगबाट मतदान प्रकृया सम्पन्न भएको छ ।  अहिले मतदान सकिएर मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम सुरु भएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो ।

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

अहिलेसम्म ३२ प्रतिशत मत खसेको आयोगको दाबी, अब भिड बढ्ने अनुमान

आयोगले चिसो भएका कारण बिहानीपख कम मत खसेको र अब मतदानका लागि मतदान केन्द्रमा आउनेहरूको भिड बढ्ने अनुमान गरेको छ ।

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…

पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान

वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए। त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७०…

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

बुटवलमा ६५ प्रतिशत मत खसेको अनुमान, मतगणना आजै सुरु हुने

बुटवल  उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार  कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।पूर्ण विवरण भने आइनसकेको उनले बताए ।  बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए

आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्य