बर्दियामा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बर्दिया – बर्दियामा आज भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।  आज भएको चुनावमा छिटपुट घटना बाहेक बर्दियामा शान्तिपूर्ण ढंगबाट मतदान प्रकृया सम्पन्न भएको छ ।  अहिले मतदान सकिएर मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम सुरु भएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो ।